Posts

Showing posts from October, 2024

पाठ योजना

पाठ योजना   कुनै पनि कार्य गर्नु अधि उचित योजना बनाउनु अति आवश्यक छ। किनकि उचित योजना बनाउनाले त्यो कार्य सफलतापूर्वक सम्पन्न गर्न मद्दत गर्दछ। त्यस्तै शिक्षकले पनि कक्षाकोठामा प्रवेश गर्नु अघि उचित पाठ योजना बनाउनु अति आवश्यक छ। पाठयोजनाको प्रयोगले शिक्षकलाई सवै विद्यार्थीहरूले बुझ्ने गरी प्रभावकारी ढंगले शिक्षण कार्य गर्न सहयोग गर्दछ।  तर प्राय:जसो शिक्षकहरूले पाठ योजना बनाएर अध्यापन गर्ने अभ्यास गरेको पाइदैन।  उनीहरू पाठयोजना आफ्नो दिमाग मै भएको महसुस गर्छन। अझ कतिपय शिक्षकहरू कक्षा कोठामा गएर विद्यार्थीहरूलाई अघिल्लो कक्षामा कहाँसम्म पढेका थियौं भनेर सोध्छन र एउटा विद्यार्थीको पुस्तक मागेर त्यहाँबाट पढ्दै व्याख्या विश्लेषण गर्दै पढाउने गरेको पाइन्छ। यो भनेको ज्यादै कमजोर शिक्षण कार्य हो। यसरी सिकाउँदा एकातिर विद्यार्थीहरूले त्यति चाख दिएर सुन्दैनन् भने अर्कोतिर शिक्षकले सिकाएको विषय बस्तु वुझ्दैनन। त्यसकारण शिक्षकले पाठयोजना बनाउनु अति जरुरी छ।        पाठ योजना बनाउँदा निम्न ढांचा प्रयोग गर्न सकिन्छ : १ शिर्षक वा विषयवस्तु  कक्षामा शिक्षण कार्...