विद्यार्थीहरूलाई कसरी उत्प्रेरित गर्न सकिन्छ ?
विद्यार्थीहरूलाई कसरी उत्प्रेरित गर्न सकिन्छ ? कुनैपनि शिक्षकको लागि एउटा कक्षाकोठामा भएका सवै विद्यार्थीहरूलाई समानरुपले सिकाउनु ज्यादै चुनौतिपूर्ण कार्य हो । किनकि सवै विद्यार्थीहरूको वौद्धिक क्षमता एकै किसिमको हुँदैन। साथै उनीहरूको सिकाइप्रति रुचि पनि एकैनासको नहुन सक्छ । कसैको पढाइमा बढि रुचि हुन्छ भने कसैको कम हुन सक्छ। यसको प्रमुख कारण भनेको उनीहरूका फरकफरक पृष्ठभूमीहरू जस्तै : व्यक्तिगत गुण, शैक्षिक स्तर, पारिवारिक अवस्था आदिले गर्दा हुनसक्छ। पढाइमा कम रुचि भएका विद्यार्थीहरूलाई विभिन्न उपायहरू अवलम्बन गरेर उत्प्रेरित गर्न सकिन्छ। विद्यार्थीहरूको कक्षागत तह, हरेक विद्यार्थीको आआफ्नो स्वाभाव तथा अवस्था र विषयवस्तुलाई मध्यनजर गर्दै उनीहरूलाई सिकाइप्रति लगनशील बन्न निम्न उपायहरू प्रयोग गर्न सकिन्छ। १. सम्बन्ध (Relationship) प्रभावकारी शिक्षणका लागि शिक्षक र विद्यार्थीहरूका बीच सुमधुर सम्बन्ध हुनुपर्दछ। उनीहरूका बीच जति राम्रो सम्बन्ध भयो त्यति विद्यार्थीहरूले आफ्ना शिक्षकले सिकाएको विषयलाई ध्यान दिएर सुन्छन र बुझ्न खोज्छन। यदि सम्बन्ध राम्रो भएन भने शिक...