Posts

Showing posts from May, 2025

एउटा भाग्यमानी केटोको तीन विहे

 डा राजकुमार राई  ३/२/२०८२  एउटा भाग्यमानी केटोको तीन विहे  एकादेशमा एउटा सम्भ्रान्त परिवार थियो। त्यो कुलमा जेठो छोराको दुई विवाह गर्ने चलन थियो : नीजि र सार्वजनिक। तर सार्वजनिक विवाह भने वुवाको मृत्यु भएपछि मात्र हुन्थ्यो।  एक पटक यस्तो संयोग भयो कि हजुरवुवाको मृत्यु नभैकन र वुवाको पनि सार्वजनिक विवाह हुनु अघि तीन वर्षको माइलो नातीको सार्वजनिक विवाह भयो।  तर त्यो विवाह धेरै समय टिकेन। उनको हजुरवुवा चार महिनामा स्वदेश फिर्ती भएपछि उनको स्वत: पारपाचुके (डिभोर्स) भयो।   त्यसको चार वर्ष पछि उनको हजुरवुवाको मृत्यु भयो र उनको वुवाको सार्वजनिक विवाह भयो। विहे गरेको १७ वर्ष पछि वुवाको पनि मृत्यु भयो।  त्यसपछि उनको जेठा दाजुको सार्वजनिक विवाह भयो। विहे भएको ३० वर्ष पछि दाजुको सपरिवार सखाप हुनेगरी ठुलो अनिष्ट भयो। कुलको विरासत थाम्न आफन्त, इष्टमित्र र छारछिमेकिको आग्रहमा फेरि उनै माइलो भाइलाई सार्वजनिक विहे गर्ने अवसर मिल्यो र उनले विहे गरे।  तर आफ्नै सन्तानहरू र छरछिमेकीहरूको असन्तुष्टिले गर्दा त्यो विहे पनि ४/५ वर्ष भन्दा बढी टिकेन।  फेरि...