एउटा भाग्यमानी केटोको तीन विहे
डा राजकुमार राई
३/२/२०८२
एउटा भाग्यमानी केटोको तीन विहे
एकादेशमा एउटा सम्भ्रान्त परिवार थियो। त्यो कुलमा जेठो छोराको दुई विवाह गर्ने चलन थियो : नीजि र सार्वजनिक। तर सार्वजनिक विवाह भने वुवाको मृत्यु भएपछि मात्र हुन्थ्यो। एक पटक यस्तो संयोग भयो कि हजुरवुवाको मृत्यु नभैकन र वुवाको पनि सार्वजनिक विवाह हुनु अघि तीन वर्षको माइलो नातीको सार्वजनिक विवाह भयो। तर त्यो विवाह धेरै समय टिकेन। उनको हजुरवुवा चार महिनामा स्वदेश फिर्ती भएपछि उनको स्वत: पारपाचुके (डिभोर्स) भयो।
त्यसको चार वर्ष पछि उनको हजुरवुवाको मृत्यु भयो र उनको वुवाको सार्वजनिक विवाह भयो। विहे गरेको १७ वर्ष पछि वुवाको पनि मृत्यु भयो। त्यसपछि उनको जेठा दाजुको सार्वजनिक विवाह भयो। विहे भएको ३० वर्ष पछि दाजुको सपरिवार सखाप हुनेगरी ठुलो अनिष्ट भयो। कुलको विरासत थाम्न आफन्त, इष्टमित्र र छारछिमेकिको आग्रहमा फेरि उनै माइलो भाइलाई सार्वजनिक विहे गर्ने अवसर मिल्यो र उनले विहे गरे। तर आफ्नै सन्तानहरू र छरछिमेकीहरूको असन्तुष्टिले गर्दा त्यो विहे पनि ४/५ वर्ष भन्दा बढी टिकेन। फेरि उसको पारपाचुके भयो।
दोश्रो पटक पारपाचुके भएको पनि १६/१७ वर्ष भयो। उनका शुभचिन्तकहरू तिमीले फेरिपनि विवाह गर्नुपर्छ भनिरहेकाछन् । उनी भने "मेरो विहे गर्ने चाहना भएपनि मैले मेरा सन्तानहरूलाई खुसि बनाएर राख्न सक्छु कि सक्दिन थाहा छैन" भन्दै पन्छिदै आएका थिए। तर हाल आएर उनले भन्न थाले "अव म विहे गर्नका लागि तयार भएँ। केटी मिलाइदिने हो भने विहे गर्न चाहन्छु।" यो कुरो बुझेपछि आफन्त, इष्टमित्र र छरछिमेकीहरूद्वारा केटी मिलाइदिने पक्कापक्की भइसकेको छ। खालि जन्ती गएर यज्ञ गर्दै भोजभत्तेर खाँदै विहेको औपचारिकता दिन मात्र बाँकी छ।
आसा गरौँ त्यो भाग्यमानी केटोको अवको यो तेश्रो पटकको विहे पूरै सफल मात्र नभएर त्यो कुलको परम्परा फेरि नियमित हुनेछ। उनका सन्तानहरूले सुख शान्ति पाउनेछन्। अभिभावक र सन्तानहरूबीच सुमधुर सम्बन्ध हुँदै एकता कायम हुनेछ। छिमेकीहरूले पनि हेप्नेवाला छैनन्।
पाठकवृन्द : त्यो भाग्यमानी केटोको सार्वजनिक विहे हुँदाको केटी को थिइन् ? कृपया अनुमान लगाउनु होला।
Comments
Post a Comment