Posts

Showing posts from September, 2024

शिक्षण विधि

 शिक्षण विधि शिक्षकले विद्यार्थीहरूलाई कक्षाकोठामा सिकाउने प्रक्रियालाई शिक्षण विधि भनिन्छ । कक्षाकोठामा शिक्षकले विद्यार्थीहरूलाई विभिन्न विधिहरू प्रयोग गरेर सिकाउँछन्।  अर्थात हरेक शिक्षकका विद्यार्थीलाई सिकाउने आ-आफ्नो तरिका हुन सक्छ । प्रभावकारी सिकाइको लागि शिक्षण विधि ज्यादै महत्त्वपूर्ण हुन्छ । शिक्षकले सिकाएको विषयवस्तु विद्यार्थीहरूले राम्ररी बुझ्न सक्नु नै प्रभावकारी शिक्षण हो ।  शिक्षक र विद्यार्थीहरूको सक्रियताको आधारमा शिक्षण विधिलाई दुई भागमा बाँड्न सकिन्छ : शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित।   शिक्षक केन्द्रित सिकाइ परम्परागत सिकाई विधि हो । यो विधिअनुसार कक्षाकोठामा शिक्षक बढी सक्रिय र हावी हुन्छन् । यो विधिमा ज्ञान अलग्गै हुन्छ भन्ने मान्यता राखिन्छ । साथै शिक्षकलाई ज्ञानको श्रोत अर्थात ज्ञानको भण्डारण मानिन्छ । जुन भण्डारणबाट ज्ञान शिक्षकले एकोहोरो बोलेर हाउभाउसहित व्याख्या गरेर वा कुनै शैक्षिक सामाग्री प्रयोग गरेर विद्यार्थीहरूको मस्तिष्कमा सार्ने प्रयास गर्दछन। शिक्षकले दिएको ज्ञानलाई विद्यार्थीहरूले निस्कृय श्रोता बन्दै सुनेर ग्रहण गर्...

असल शिक्षकमा हुनुपर्ने गुणहरू

 असल शिक्षकमा हुनुपर्ने गुणहरू डा. राजकुमार राई  तपाइँ शिक्षक बन्दै हुनुहुन्छ वा बनिसक्नु भएको छभने तपाइँसित निम्न गुणहरू (चिन्तन शैली, स्वभाव तथा क्षमता) छन् कि छैनन् ? छन् भने राम्रो भयो र यदि छैन भने तपाइँले आफूलाई सुधार गर्नुपर्ने हुन्छ ।   १ इमान्दारिता  अवश्य पनि शिक्षकहरू इमान्दार हुन्छन्, इमान्दारपूर्वक आफ्ना कर्तब्यहरू निर्वाह गर्दछन् । उनीहरूले आफू इमान्दार बन्दै विद्यार्थीहरूलाई पनि इमान्दार बन्न प्रेरित गर्छन् । शिक्षकले जे बोल्छन् व्यवहारमा पनि त्यहीअनुसार गर्छन् । इमान्दारिता शिक्षकको पहिचान हो । साथै इमान्दारिता नै शिक्षकहरूको बलियो शक्ति हो । त्यसैले स्वाभाविक रुपले ऊ अरू पेसाका मानिसहरूभन्दा बढी स्वाभिमानी हुन्छ । उनको त्यो इमान्दारिताले गर्दा पनि समाजले शिक्षकलाई विशेष सम्मानका साथ् हेर्छन् ।  २ धैर्यता  शिक्षक हुनका लागि धैर्यता महत्वपूणर् हुन्छ । एउटा कक्षा कोठामा विभिन्न किसिमका पृष्ठभूमी भएका विद्यार्थीहरू हुन्छन् । ती सबैलाई समेटेर पढाउनु चुनौतिको विषय हो । कोही सिकाएको छिटो बुझ्ने हुन्छन्, कोही ढिलो बुझ्ने हुन्छन् । ढिलो बुझ्नेल...

विद्यालय मात्र पाठशाला होइन

 डा. राजकुमार राई विद्यालय मात्र पाठशाला होइन एक जना शिक्षक मित्रले आफ्नो फेसबुक वालमा निम्न कथा पोस्ट गरेको पाएँ । कथा यस प्रकार : यमराजको सभामा एकजना बेइमान वकिल, भ्रष्ट कर्मचारी, घुसाहा ठेकेदार, ठगाहा व्यापारी र एकजना निरिह शिक्षक भेला भएछन् । चित्रगुप्तले प्रत्येकले मत्र्यलोकमा गरेका कर्महरूको फेहरिस्त सुनाएछन् । यमराजले निरिह शिक्षकलाई नर्क र बाँकी सबैलाई स्वर्ग पठाउने निर्णय सुनाएछन् । यो सुनेर चकित भएका चित्रगुप्ताले सोधेछन् “महाराज निर्णय उल्टो भयो कि ?“ यमराजले सोधेछन् “के यी सबै अनपढ थिए र ? होइनन् भने यिनलाई शिक्षा दिने को हो ?“  उक्त पोष्टको कथाअनुसार समाजमा हुने विभिन्न किसिमका बेइमानहरू उत्पादन हुनुमा शिक्षकको कमजारी हो भन्ने आसयप्रति सहमति जनाउंदै धेरैले आ–आफ्ना प्रतिक्रिया दिएको पाएँ । समाजमा हुने गरेका विकृति विसंगतिको दोष शिक्षकतिर तेस्र्याउन खोजिएको छ । विद्यालयमा शिक्षकले राम्रोसित नैतिक शिक्षा दिन सकेको भए समाजमा यस्ता किसिम बदमास मानिसहरू हुने थिएनन् भन्ने कथाले बुझाउन खोजेको पाइन्छ । मेरो आफ्नो पनि शिक्षण पेसाप्रति केही अनुभव र रुचि भएकोले उक्त फेसबुक पो...