Posts

एउटा भाग्यमानी केटोको तीन विहे

 डा राजकुमार राई  ३/२/२०८२  एउटा भाग्यमानी केटोको तीन विहे  एकादेशमा एउटा सम्भ्रान्त परिवार थियो। त्यो कुलमा जेठो छोराको दुई विवाह गर्ने चलन थियो : नीजि र सार्वजनिक। तर सार्वजनिक विवाह भने वुवाको मृत्यु भएपछि मात्र हुन्थ्यो।  एक पटक यस्तो संयोग भयो कि हजुरवुवाको मृत्यु नभैकन र वुवाको पनि सार्वजनिक विवाह हुनु अघि तीन वर्षको माइलो नातीको सार्वजनिक विवाह भयो।  तर त्यो विवाह धेरै समय टिकेन। उनको हजुरवुवा चार महिनामा स्वदेश फिर्ती भएपछि उनको स्वत: पारपाचुके (डिभोर्स) भयो।   त्यसको चार वर्ष पछि उनको हजुरवुवाको मृत्यु भयो र उनको वुवाको सार्वजनिक विवाह भयो। विहे गरेको १७ वर्ष पछि वुवाको पनि मृत्यु भयो।  त्यसपछि उनको जेठा दाजुको सार्वजनिक विवाह भयो। विहे भएको ३० वर्ष पछि दाजुको सपरिवार सखाप हुनेगरी ठुलो अनिष्ट भयो। कुलको विरासत थाम्न आफन्त, इष्टमित्र र छारछिमेकिको आग्रहमा फेरि उनै माइलो भाइलाई सार्वजनिक विहे गर्ने अवसर मिल्यो र उनले विहे गरे।  तर आफ्नै सन्तानहरू र छरछिमेकीहरूको असन्तुष्टिले गर्दा त्यो विहे पनि ४/५ वर्ष भन्दा बढी टिकेन।  फेरि...

विद्यार्थीहरूलाई कसरी उत्प्रेरित गर्न सकिन्छ ?

 विद्यार्थीहरूलाई कसरी उत्प्रेरित गर्न सकिन्छ ? कुनैपनि शिक्षकको लागि एउटा कक्षाकोठामा भएका सवै विद्यार्थीहरूलाई समानरुपले सिकाउनु ज्यादै चुनौतिपूर्ण कार्य हो । किनकि सवै विद्यार्थीहरूको वौद्धिक क्षमता एकै किसिमको हुँदैन। साथै उनीहरूको सिकाइप्रति रुचि पनि एकैनासको नहुन सक्छ । कसैको पढाइमा बढि रुचि हुन्छ भने कसैको कम हुन सक्छ।  यसको प्रमुख कारण भनेको उनीहरूका फरकफरक पृष्ठभूमीहरू जस्तै : व्यक्तिगत गुण, शैक्षिक स्तर, पारिवारिक अवस्था आदिले गर्दा हुनसक्छ।  पढाइमा कम रुचि भएका विद्यार्थीहरूलाई विभिन्न उपायहरू अवलम्बन गरेर उत्प्रेरित गर्न सकिन्छ। विद्यार्थीहरूको कक्षागत तह, हरेक विद्यार्थीको आआफ्नो स्वाभाव तथा अवस्था र विषयवस्तुलाई मध्यनजर गर्दै उनीहरूलाई सिकाइप्रति लगनशील बन्न निम्न उपायहरू प्रयोग गर्न सकिन्छ।  १. सम्बन्ध (Relationship) प्रभावकारी शिक्षणका लागि शिक्षक र विद्यार्थीहरूका बीच सुमधुर सम्बन्ध हुनुपर्दछ। उनीहरूका बीच जति राम्रो सम्बन्ध भयो त्यति विद्यार्थीहरूले आफ्ना शिक्षकले सिकाएको विषयलाई ध्यान दिएर सुन्छन र बुझ्न खोज्छन।  यदि सम्बन्ध राम्रो भएन भने शिक...

पाठ योजना

पाठ योजना   कुनै पनि कार्य गर्नु अधि उचित योजना बनाउनु अति आवश्यक छ। किनकि उचित योजना बनाउनाले त्यो कार्य सफलतापूर्वक सम्पन्न गर्न मद्दत गर्दछ। त्यस्तै शिक्षकले पनि कक्षाकोठामा प्रवेश गर्नु अघि उचित पाठ योजना बनाउनु अति आवश्यक छ। पाठयोजनाको प्रयोगले शिक्षकलाई सवै विद्यार्थीहरूले बुझ्ने गरी प्रभावकारी ढंगले शिक्षण कार्य गर्न सहयोग गर्दछ।  तर प्राय:जसो शिक्षकहरूले पाठ योजना बनाएर अध्यापन गर्ने अभ्यास गरेको पाइदैन।  उनीहरू पाठयोजना आफ्नो दिमाग मै भएको महसुस गर्छन। अझ कतिपय शिक्षकहरू कक्षा कोठामा गएर विद्यार्थीहरूलाई अघिल्लो कक्षामा कहाँसम्म पढेका थियौं भनेर सोध्छन र एउटा विद्यार्थीको पुस्तक मागेर त्यहाँबाट पढ्दै व्याख्या विश्लेषण गर्दै पढाउने गरेको पाइन्छ। यो भनेको ज्यादै कमजोर शिक्षण कार्य हो। यसरी सिकाउँदा एकातिर विद्यार्थीहरूले त्यति चाख दिएर सुन्दैनन् भने अर्कोतिर शिक्षकले सिकाएको विषय बस्तु वुझ्दैनन। त्यसकारण शिक्षकले पाठयोजना बनाउनु अति जरुरी छ।        पाठ योजना बनाउँदा निम्न ढांचा प्रयोग गर्न सकिन्छ : १ शिर्षक वा विषयवस्तु  कक्षामा शिक्षण कार्...

शिक्षण विधि

 शिक्षण विधि शिक्षकले विद्यार्थीहरूलाई कक्षाकोठामा सिकाउने प्रक्रियालाई शिक्षण विधि भनिन्छ । कक्षाकोठामा शिक्षकले विद्यार्थीहरूलाई विभिन्न विधिहरू प्रयोग गरेर सिकाउँछन्।  अर्थात हरेक शिक्षकका विद्यार्थीलाई सिकाउने आ-आफ्नो तरिका हुन सक्छ । प्रभावकारी सिकाइको लागि शिक्षण विधि ज्यादै महत्त्वपूर्ण हुन्छ । शिक्षकले सिकाएको विषयवस्तु विद्यार्थीहरूले राम्ररी बुझ्न सक्नु नै प्रभावकारी शिक्षण हो ।  शिक्षक र विद्यार्थीहरूको सक्रियताको आधारमा शिक्षण विधिलाई दुई भागमा बाँड्न सकिन्छ : शिक्षक केन्द्रित र विद्यार्थी केन्द्रित।   शिक्षक केन्द्रित सिकाइ परम्परागत सिकाई विधि हो । यो विधिअनुसार कक्षाकोठामा शिक्षक बढी सक्रिय र हावी हुन्छन् । यो विधिमा ज्ञान अलग्गै हुन्छ भन्ने मान्यता राखिन्छ । साथै शिक्षकलाई ज्ञानको श्रोत अर्थात ज्ञानको भण्डारण मानिन्छ । जुन भण्डारणबाट ज्ञान शिक्षकले एकोहोरो बोलेर हाउभाउसहित व्याख्या गरेर वा कुनै शैक्षिक सामाग्री प्रयोग गरेर विद्यार्थीहरूको मस्तिष्कमा सार्ने प्रयास गर्दछन। शिक्षकले दिएको ज्ञानलाई विद्यार्थीहरूले निस्कृय श्रोता बन्दै सुनेर ग्रहण गर्...

असल शिक्षकमा हुनुपर्ने गुणहरू

 असल शिक्षकमा हुनुपर्ने गुणहरू डा. राजकुमार राई  तपाइँ शिक्षक बन्दै हुनुहुन्छ वा बनिसक्नु भएको छभने तपाइँसित निम्न गुणहरू (चिन्तन शैली, स्वभाव तथा क्षमता) छन् कि छैनन् ? छन् भने राम्रो भयो र यदि छैन भने तपाइँले आफूलाई सुधार गर्नुपर्ने हुन्छ ।   १ इमान्दारिता  अवश्य पनि शिक्षकहरू इमान्दार हुन्छन्, इमान्दारपूर्वक आफ्ना कर्तब्यहरू निर्वाह गर्दछन् । उनीहरूले आफू इमान्दार बन्दै विद्यार्थीहरूलाई पनि इमान्दार बन्न प्रेरित गर्छन् । शिक्षकले जे बोल्छन् व्यवहारमा पनि त्यहीअनुसार गर्छन् । इमान्दारिता शिक्षकको पहिचान हो । साथै इमान्दारिता नै शिक्षकहरूको बलियो शक्ति हो । त्यसैले स्वाभाविक रुपले ऊ अरू पेसाका मानिसहरूभन्दा बढी स्वाभिमानी हुन्छ । उनको त्यो इमान्दारिताले गर्दा पनि समाजले शिक्षकलाई विशेष सम्मानका साथ् हेर्छन् ।  २ धैर्यता  शिक्षक हुनका लागि धैर्यता महत्वपूणर् हुन्छ । एउटा कक्षा कोठामा विभिन्न किसिमका पृष्ठभूमी भएका विद्यार्थीहरू हुन्छन् । ती सबैलाई समेटेर पढाउनु चुनौतिको विषय हो । कोही सिकाएको छिटो बुझ्ने हुन्छन्, कोही ढिलो बुझ्ने हुन्छन् । ढिलो बुझ्नेल...

विद्यालय मात्र पाठशाला होइन

 डा. राजकुमार राई विद्यालय मात्र पाठशाला होइन एक जना शिक्षक मित्रले आफ्नो फेसबुक वालमा निम्न कथा पोस्ट गरेको पाएँ । कथा यस प्रकार : यमराजको सभामा एकजना बेइमान वकिल, भ्रष्ट कर्मचारी, घुसाहा ठेकेदार, ठगाहा व्यापारी र एकजना निरिह शिक्षक भेला भएछन् । चित्रगुप्तले प्रत्येकले मत्र्यलोकमा गरेका कर्महरूको फेहरिस्त सुनाएछन् । यमराजले निरिह शिक्षकलाई नर्क र बाँकी सबैलाई स्वर्ग पठाउने निर्णय सुनाएछन् । यो सुनेर चकित भएका चित्रगुप्ताले सोधेछन् “महाराज निर्णय उल्टो भयो कि ?“ यमराजले सोधेछन् “के यी सबै अनपढ थिए र ? होइनन् भने यिनलाई शिक्षा दिने को हो ?“  उक्त पोष्टको कथाअनुसार समाजमा हुने विभिन्न किसिमका बेइमानहरू उत्पादन हुनुमा शिक्षकको कमजारी हो भन्ने आसयप्रति सहमति जनाउंदै धेरैले आ–आफ्ना प्रतिक्रिया दिएको पाएँ । समाजमा हुने गरेका विकृति विसंगतिको दोष शिक्षकतिर तेस्र्याउन खोजिएको छ । विद्यालयमा शिक्षकले राम्रोसित नैतिक शिक्षा दिन सकेको भए समाजमा यस्ता किसिम बदमास मानिसहरू हुने थिएनन् भन्ने कथाले बुझाउन खोजेको पाइन्छ । मेरो आफ्नो पनि शिक्षण पेसाप्रति केही अनुभव र रुचि भएकोले उक्त फेसबुक पो...